उग्रतारा सुधार गृहमा एक युवकको मृत्य
धनगढी– गोदावरी नगरपालिका वडा नम्बर १ स्थित उग्रतारा सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । चार महिनादेखि केन्द्रमा उपचाररत सागर मल्लको बुधबार मृत्यु भएको जनाइएको हो ।
मृतकका दाई दिलिपसिंह मल्लले बुधबार विहानमात्र सागरको मृत्यु भएको जानकारी पाएको बताए । उनले मृतक साकारको शव विभिन्न अस्पतालमा लगिएको र अन्तिममा सेति प्रादेशिक अस्पतालमा राखिएपछि खबर पाएको बताए । उनले आफुहरुलाई जानकारीनै नगराई विभिन्न अस्पतालमा लग्नुको कारण थाहा हुन नसकेको बताए । उनले सागरको मृत्युको कारण यथार्थ जानकारी चाहिएको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीले सागरको मृत्यु भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए । कार्यालयका अनुसार केन्द्रको सिसिटिभी फुटेजमार्फत घटनाबारे छानविन गरिरहेको जनाएको छ ।
सागरको मृत्युबारे जानकारी लिन खोज्दा केन्द्रका सञ्चालसंग सम्पर्क हुन सकेको छैन ।