सोमवार, जेष्ठ १८, २०८३

बैतडीको चन्दले दिए पत्रकार विष्टलाई धम्की

धनगढी । जेनजी आन्दोलनको बलमा बैतडीकाे दशरथ चन्द नगरपालिका  विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् ।

जेनजीकाे हवला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफाेन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चाैतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयाेग गरेर धम्की दिएका हुन् ।

धनगढी उपमहानगरपालिका- १३ का नवराज कार्कीकाे माेबाईल प्रयाेग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् ।

जेनजीकाे हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीकाे माग गर्दै तिनै जनाकाे नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

२४ भदाैकाे राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटाैँ भनेर कुराकानी गरेका थिए ।

उनलेे राति भइसकेकाे र भाेलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलाैज गर्दै थ्रेड दिएका थिए । विष्टलाई धम्की दिने शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र माेर्चामा देखिएका छन् ।

पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनकाे दाेहाेराे चिनजान छैन् । चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते धनगढीकाे पाेटली फुड अगाडि अहिले धम्की दिने मध्येका चन्दले विष्टमाथि दुर्व्यवहार गरेका थिए ।

साेही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेकाे थियाे । तर मदिरा सेवन गरेकाे सुरमा आफूबाट गल्ती भएकाे भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएकाे थियाे ।

साेही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको माैकामा धम्की दिदै पत्रकार विष्टकाे घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाएका छन् । उक्त प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम समितिले उनलाई सघाइरहेकाे छ ।