धनगढी –
बसर युवा क्लव चुरेको आयोजनामा पर्यटन विकास, कृषि प्रगति ः आगुपदार्थ विहीन युवा समृद्धि चुरे भन्ने मुल नारका साथ चुरे पर्यटन प्रवद्र्धन यात्रा २०८२ सम्पन्न भएको छ । कैलालीको धनगढी वाट साइकल यात्रा गरेर गोदावरी नगरपालिकाको गोदावरी पुलमा पुगेर यात्रा सम्पन्न भएको हो ।
गोदावरी पुलमा सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिएको थियो । गोदावरीको काठेपुल परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको क्लवका अध्यक्ष गणेश देउवाले बताए । उनले भने चुरे गाउँपालिका कैलालीको पर्यटन क्षेत्रकाको रुपमा परिचित क्षेत्र हो । पर्यटन संगै कृषिको पनि पर्वद्धन गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । छोटो समयमानै कार्यक्रमको तयारी भएको र कार्यक्रममा सहभागि भएका साथीहरुलाई उनले धन्यवाद दिए ।
बसर युवा क्लवको आयोजनामा साइकल यात्रा कार्यक्रम आयोजन गरिएको निरज महरा बताए । धनगढीको वैयावेहडीमा सञ्चालनमा आएको सिपगढी क्याफेवाट साइकल यात्राको प्रारम्भ गरेको उनले बताए । उनले भने हामीले लागुऔषध विरुद्धको अभियानको रुपमा कार्यक्रम सञ्चालन गरेका हौं ।
पछिल्लो समय क्लवले लागुऔषध विरुद्ध विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । विगतमा वृक्षारोपण, भलिवल प्रतियोगिता, पर्यटन प्रवद्र्धन, साईकिलीङ, फुटवल प्रतियोगिता जस्ता कार्यक्रमहरु सञ्चालन गरि युवाहरुलाई कुलत मुक्त गर्न क्लव लागि परेको जनाइएको छ । क्लवले गोदावरीमा गरेको सरसफाइ कार्यक्रममा गोदावरी अस्थाई ट्राफिक प्रहरी, गोदावरी अस्थाई प्रहरी पोष्टले समेत सहयोग गरेका थिए । सनराइज टेलिभिजनका लागि रोशन थापाको रिपोर्ट