आइतवार, जेष्ठ १७, २०८३

घटस्थापनाको अवसर पारेर फाप्लामा खुला पेनाल्टी शुट आउट प्रतियोगिता हुने

धनगढी – फाप्ला स्पोर्ट्स क्लवको आयोजनामा धनगढीको फाप्ला मैदानमा खुल्ला पेनाल्टी शुट आउट प्रतियोगिता हुने भएको छ । दशैंको शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले घटस्थापनाका दिन कार्यक्रम हुन लागेको हो ।
फाप्ला स्पोर्टस क्लवको सदस्य तथा कार्यक्रम संयोजक रोशन भडेलले विजया दशमीको उपलक्ष्य पारेर भेट्रान खेलाडीहरुको सहभागिता र महिलाहरुको पनि सहभागितामा खेल सञ्चालन गर्न लागेको बताए । उनले सम्पुर्ण खेलाडी, संघसस्था लगाएतलाई सहभागिताका लागि आह्वान गरेका छन् ।
क्लवका अध्यक्ष किसोर शाहीले विजय दशमीको शुभकामना दिदै सम्पुर्ण खेल प्रेमीहरु प्रतियोगितामा सहभागिता भइदिन अनुरोध गरे ।

पुर्व राष्ट्रिय खेलाडी ललित चन्दले दशैंको उपलक्ष्यमा साथीभाईहरुको भेटघाटका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए । उनले कैलाली कञ्चनपुरका साथीभाईहरु कार्यक्रममा सहभागिता भइदिन अुनरोध गरेका छन् । महिला पुरुष बरावर भएकाले महिलाको पानि सहभागिता गराईएको उनले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार चालिस हजार, ट्रफि र द्वितिय पुरस्कार विस हजार, ट्रफि रहेको आयोजकले जानकारी दिएको छ । खेलमा महिलाटिमको हकमा इन्ट्री फि निशुल्क हुनेछ । प्रत्येक टिममा ६ जना खेलाडी अनिवार्य हुनुपर्ने लगाएतका नियम राखिएका छन् ।
सहभागिताका लागि रोशन भडेल, ललित चन्द, अर्जुन बस्नेत, सुवास चन्द, सोनु भट्टराइ, रोहित भट्ट संग सम्पर्क गर्न आयोजकले जनाएको छ । सनराईज टेलिभिजनका लागि रोशन थापाको रिपोर्ट