धनगढी– नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले जेन–जी समुहको शान्तिपुर्ण आन्दोलनलाई हिसात्मक बनाउने व्यक्तिमाथि निष्पक्ष छानविन र कडा कारबाही गर्नुपर्ने माग गरेका छन ।
आइतबार एक विज्ञप्ती जारी गर्दै उनले आगजनी, हत्या, तोडफोड, कुटपिट, लुटपाटमा संलग्न जो सुकै ब्यक्ति वा समुह भएपनि छानविन गरि कार्वाहीको दायरमा ल्याउन सम्वन्धित निकाय संग अनुरोध गरे ।
केन्द्रिय सदस्य वडले नजिक वा टाढाको ब्यक्ति नभनी कारबाहीका लागि सघाउने प्रतिवद्धता ब्यक्त गरे ।
‘जेनजी उमेर समुहका युवाहरुले २०८२ भदौ २३ र २४ गते देशभरी गरेको प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्नुहुने कलिला युवाहरु, सुरक्षाकर्मी लगायत सबै प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना ब्यक्त गर्दछु । साथै प्रदर्शनका क्रममा घाईते हुनुभएका सबैको शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु’ उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘प्रदर्शनकारीका नाममा नेपाली कांग्रेसका पार्टी सभापती आदरणीय शेरबहादुर देउवा र नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर आरजु देउवा माथी भएको भौतिक आक्रमणको घोर भत्सर्ना गर्दछु । उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
उनले प्रदर्शनमा जेनजीहरुको भावना बिपरित घुसपैठ गरि सिंहदरबार, संसद भवन, सर्बोच्च अदालत, बिभिन्न मन्त्रालय, प्रदेशसभा भवनहरु, सरकारी कार्यालयहरु, पार्टि कार्यालयहरु, नीजि निवासहरु, ब्यावसायीक प्रतिष्ठानका भवन, मिडिया हाउसमा तोडफोड, आगजनी गरिएको घटना प्रति खेद प्रकट गरे ।