धनगढी: सशस्त्र प्रहरीले भारतबाट भन्सार छलि ल्याइएका मोबाइल पार्ट्स बरामद गरेको छ। शुक्रवार बिहान विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–८ त्रिवेणीघाट सीमा क्षेत्रमा गरिएको गस्ती क्रममा उक्त सामान बरामद गरिएको जनाइएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको सात जनाको टोलीले भारततर्फबाट अवैध रूपमा नेपाल भित्र्याइएका मोबाइल पार्ट्स फेला पारेको हो। बरामद सामानको अनुमानित मूल्य करिब नौ लाख छ हजार दुई सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
सामानलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।