शनिबार, बैशाख १९, २०८३

सुर्नया गाउँपालिकामा स्थानीयले गरे तालाबन्दी

बैतडी, २४ सुर्नया / बैतडीको सुर्नया गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। लामो समयदेखि गाउँपालिकाले गरेका गतिविधिको सुचना माग गर्दै आएका भएता पनि माग पुरा नभए पछि सार्वजनिक सुनुवाईको दिन गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरिएको स्थानीय देव बहादुर चन्दले जानकारी दिए।

असोज २४ गते ११ बजे सार्वजनिक सुनुवाई गर्ने गरि तय गरेको भएता पनि गाउँपालिका वासीको माग पुरा हुन नसकेपछि कार्यक्रम स्थगित गरिएको छ ।