धनगढी । कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभाको सरगर्मी बढेको छ । बिहानै देखि प्रतिनिधि आउने क्रम जारी छ । आज हुने निर्वाचनका लागि दुई मुख्य समूह र केही स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
सुदूरपश्चिमकै पुरानो र प्रभावशाली व्यवसायिक संस्था मानिने कैलाली उद्योग वाणिज्य संघमा यसपटक अध्यक्षदेखि सदस्यसम्मका पदमा उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ।
अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्। साथै, पदाधिकारी र सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।