शनिबार, बैशाख १९, २०८३

कैलालीको धनगढीमा अनुपमा सुपर सिक्स भेट्रान क्रिकेट कप हुने

धनगढी– कैलालीको धनगढीमा अनुपमा सुपर सिक्स भेट्रान क्रिकेट कप हुने भएको छ ।
अनुपमा वेकरी एण्ड क्याफेको आयोजनामा यहि शुक्रबार र शनिबार सो प्रतियोगिता आयोजना हुन लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
हरेक वर्ष चैतमा भेट्रान क्रिकेट कप आयोजना गर्दै आएको क्याफेले यस वर्ष दशैं तिहार मिलन कार्यक्रम गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागेको क्याफेका प्रतियोगिता संयोजक दिनेश पन्तले बताए ।
उनले प्रतियोगितामा ३५ वर्षमाथि उमेर समुहका व्यक्तिहरुमात्र सहभागिता गराइने बताए ।
प्रतियोगितामा प्रति टिममा छ जनाको सहभागिता हुने र छ बल खेलाइने छ । सो प्रतियोगितामा धनगढी, पुनर्वास, गोदावरी लगायतका गरि १२ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।