बिहिबार, बैशाख १७, २०८३

“धनगढीको अपराध नियन्त्रणमा पाण्डेको दृढ कमाण्ड : दुई फरार कैदी पक्राउ गर्दै प्रहरीको मनोबल उच्च”

 

धनगढी –
धनगढी उपमहानगरपालिकाको वडा प्रहरी कार्यालयको कमाण्ड प्रहरी निरीक्षक बलराम पाण्डेले सम्हालेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीबाट काज सरुवा भई धनगढी पुगेका पाण्डेले अपराध नियन्त्रण र निरुत्साहित गर्नुलाई पहिलो प्राथमिकताका रूपमा लिने बताएका छन्।

आइतबार पत्रकारसँगको भेटघाटमा उनले भने, “धनगढीभित्र हुने जुनसुकै आपराधिक गतिविधिलाई नियन्त्रणमा ल्याउन कुनै कसर बाँकी राख्दिनौं। शान्ति–सुरक्षाको वातावरण कायम गर्न मेरो पूरा ध्यान रहनेछ।”

धनगढीमा पछिल्लो समय मोटरसाइकलबाट हुने ध्वनि प्रदूषणबारे आएका गुनासोका सम्बन्धमा उनले ट्राफिक प्रहरीले सँगसँगै संयोजन गरेर नियन्त्रणका प्रयास भइरहेको जानकारी दिए।

उनले आफ्नो कमाण्ड सम्हालेको केही दिनमै कारागारबाट भागेका दुई कैदीलाई नियन्त्रणमा लिन सफल भएको बताउँदै प्रहरीको मनोबल उच्च रहेको उल्लेख गरे।

तिहार र छठ पर्वको अवसरमा उनले सर्वसाधारणलाई शुभकामना दिंदै भने, “यदि तपाईंलाई कुनै पनि आपराधिक क्रियाकलापबारे जानकारी छ भने कृपया प्रहरीलाई तुरुन्त खबर गर्नुहोस्।”