सुदूरपश्चिम प्रदेश स्तरीय खुला लोकगायन प्रतियोगिता -२०८१ मा उत्कृष्ट स्थान हासिल गरेका गायक भरत बोहराले आफ्नै लय,शब्द र स्वरमा निकै उत्कृष्ट लोक लयमा मनै छुने लोकदोहोरी गीत “ओइ काली” बजारमा ल्याएका छन् भने स्वरमा साथ दिएकी छन् लोकप्रिय गायिका समीक्षा अधिकारीले ।
शब्दमा शुद्धता र मिठास, उत्कृष्ट भाका र सरलता आवाजको मधुरतामा अत्यन्त नवीन शैलीको सुनौलो प्रस्तुतिका रूपमा यो गीतलाई लिन सकिन्छ।
लोकगीत संगीतको गरिमा कुशल ढंगबाट बुझेका गायक बोहरा संगीत,सङ्घर्ष,समर्पण र पृथकताका उदाहरणीय व्यक्तित्व हुन।
दीपक संगम बिसीको संगीत संयोजनमा रहेको गीत वरिष्ठ गीतकार तथा संगीतकार भगवान भण्डारीको आधिकारिक युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको हो। भिडियोमा मोडेल गीता ढुङ्गाना र सुरेश बोहराको अभिनय रहेको छ। दिनेश सिंह ठकुरीले निर्देशन गरेको गीत स्वयं उहाँले नै छायांकन सम्पादन गरेका थिए।
आफूले सिर्जना गरेको लोकदोहोरी गीतले निकट समयमा राम्रो प्रतिक्रिया प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सबैले हेरेर उचित प्रतिक्रिया प्रदान गरिदिन गायक बोहराले आफ्ना प्रिय दर्शक श्रोताहरूमा अनुरोध गरेका छन्।