काठमाडौं– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ माग गर्दै प्रहरीको साइबर ब्यूरो पुगेको छ।
केही दिनअघि मध्यरातमा बालेनले लेखेको स्ट्याटसले मुख्य दलहरुसहित छिमेकी मुलुकलाई समेत असर गरेको भनी उजुरी बोकी विहीबार युवा संघ भोटाहिटीस्थित ब्यूरो कार्यालय पुगेको हो।
बालेनको एक स्ट्याटस हालै मात्र निक्कै चर्चित र विवादीत बनेको थियो।