सुखडमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, तीन घाइते
कैलालीको घोडाघोडी नगरपालिका–२ टम्कपुरस्थित पश्चिम राजमार्गमा आज बिहान करिब ५:३० बजे ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमतर्फ गइरहेको गा.१.ध २३५८ नम्बरको ट्याक्टरले साइकिल र पैदलयात्रीहरूलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेका चार जनामध्ये एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा शंकर धामी (५५ वर्ष), ठेगाना बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सीपुर रहेका छन्। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल ल्याइएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते हुनेहरूमा —
१. पदम बहादुर शाही (५५ वर्ष), घोडाघोडी–२, सौरियानिज — बायाँ खुट्टा, हातमा चोट, अवस्था मध्यम।
२. हर्क बहादुर धामी (४५ वर्ष), बर्दगोरिया–६, कोटा तुल्सीपुर — बायाँ हात, खुट्टा र छातिमा चोट, अवस्था मध्यम।
३. कृष्ण धामी (२५ वर्ष), बर्दगोरिया–६, कोटा तुल्सीपुर — बायाँ हात, खुट्टा र छातिमा चोट, अवस्था मध्यम।
घाइतेहरूलाई उपचारका लागि सुखड अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब निरीक्षक कर्ण बहादुर नेगीले जानकारी दिएका छन्।