बिहिबार, बैशाख १७, २०८३

संसद् पुनस्र्थापनाको मागमा अत्तरियामा एमालेको प्रदर्शन

अत्तरिया: संसद् पुनस्र्थापनाको माग गर्दै नेकपा (एमाले) गोदावरी नगर कमिटीले मंगलबार अत्तरिया बजारमा विरोध प्रदर्शन गरेको छ।

एमालेले संसद् विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै देशव्यापी कार्यक्रम अन्तर्गत अत्त्रियामा प्रदर्शन गरेको हो।

विरोध र्‍याली अत्तरिया बजार परिक्रमा गर्दै ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको मदन आश्रित स्मृति प्रतीक्षालयमा कोष सभामा परिणत भएको थियो।

एमालेले संसद् विघटनविरुद्ध देशभरका सबै पालिकामा आज भेला र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो। साथै, संसद् पुनस्र्थापना र आसन्न महाधिवेशन केन्द्रित जनपरिचालन अभियान सञ्चालन गर्न सबै वडा र नगर कमिटीहरूलाई निर्देशन दिएको पार्टीले जनाएको छ।

पार्टी निर्णय अनुसार एमालेले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा क्रमिक रूपमा जनप्रदर्शन र सभा सञ्चालन गर्ने तयारी गरेको छ।