बिहिबार, बैशाख १७, २०८३

धनगढी बसपार्क नजिक सप्लायर्समा सशस्त्रको छापा, सामान नियन्त्रणमा

धनगढी — धनगढीस्थित बसपार्क नजिकै अवस्थित शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा सशस्त्र प्रहरी बल नेपालको टोलीले गोप्य सूचनाको आधारमा छापा मारेको छ।

प्रहरी स्रोतका अनुसार छापामारीका क्रममा गोदामबाट बिलविनाका मोबाइल पार्ट्स तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरू फेला परेका छन्। बरामद सामानको ठोस मूल्यांकन र विवरण पत्ता लगाउन भन्सार सम्वन्धी प्रक्रियामा लगिएको र थप छानबिन जारी रहेको बताइएको छ।

सोही सप्लायर्सको सञ्चालक आशुतोष गुप्ता सम्बन्धित व्यक्ति मध्ये एक रहेको जनाइएको छ र केही व्यक्तिहरूलाई नियन्त्रणमा पनि लिएको प्रहरी स्रोतले जनाएको छ। अहिले मुद्दा सम्बन्धी थप प्रमाण संकलन तथा कानुनी प्रक्रियाका लागि आवश्यक कारबाही अगाडि बढाइएको छ।

प्रहरीले सो स्थानबाट फेला परेका सामग्री कस्को निमन्त्रणमा आइपुगेका हुन् र आपूर्ति श्रृंखलामा अरु को–को संलग्न छन् भन्ने खोजी गरिरहेको छ। बरामद सामग्री र पक्राउ परेकामाथि थप विवरण सार्वजनिक गर्न बाँकी छ।