नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्स बीच पहिलो खेल सुरु हुनेछ भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने-सामने हुनेछन्।
अहिलेसम्मको points table अनुसार दुवै खेलमा जित हासिल गरेका सुदूरपश्चिम र विराटनगर चार-चार अंकका साथ शीर्ष दुई स्थानमा छन्। तीन खेलमा दुई अंक जोडेको काठमाण्डु तेस्रो स्थानमा छ। यसैबीच लुम्बिनी, चितवन र कर्णालीले दुई-दुई अंक बटुल्दा जनकपुर र पोखरा अंकबिहीन रहेका छन्।
मङ्सिर १ देखि सुरु भएको यो प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ। क्यानले प्रत्येक खेलको लागि ९,४५० टिकट बिक्री गर्दै आएको छ। लिग चरण, तीन प्लेअफ र फाइनल मिलाएर कुल ३२ खेल हुनेछन्।