काठमाडौं । प्रहरीले पेस्तोल र १५ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिका–८ बाट आज लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले सोही स्थानका २५ वर्षीय सरोज पुरीलाई एउटा पेस्तोल,एक थान म्याग्जिन र गोली १५ राउण्डसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पुरीलाई शंकास्पद रूपमा फेला पारी तलासी गर्दा उक्त हातहतियार बरामद गरिएको थियो। घटनासम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।