सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–९ काक्रेबिहार नजिकको जंगलमा एकै रुखमा झुण्डिएका दुई युवायुवती मृत अवस्थामा भेटिएका छन्।
प्रहरीका अनुसार वीरेन्द्रनगर–१० खजुराकी १६ वर्षीया दीपिका चौधरी र जुम्ला जिल्ला, कनका सुन्दरी–७ का १८ वर्षीय नरेश खत्री आइतबार बिहान करिब ११:१५ बजे स्थानीयले घाँस काट्ने क्रममा करौतीको रुखमा झुण्डिएको अवस्थामा देखेका थिए।
सूचना पाएलगत्तै प्रहरी निरीक्षक राजन भट्टराई नेतृत्वको टोली घटनास्थल पुगेको थियो। हाल मुचुल्का प्रक्रिया जारी रहेको र दुवैजनाको पहिचान परिवार तथा आफन्तले गरिसकेको डिएसपी मोहनजंग बुढथापाले बताए।
मुचुल्का सम्पन्न भएपछि शव पोष्टमार्टमका लागि अस्पताल पठाइने भएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।