धनगढी । धनगढी उप–महानगरपालिका–१३ राजपुरमा भूमিকা राना र क्षबी रानाको संयुक्त पहलमा ‘भूमिका कलेक्सन’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
स्थानीय युवती उद्यमीहरूद्वारा संचालित यो कलेक्सनमा पुरुष तथा महिला दुवैका लागि ट्रेन्डिङ पहिरन, दैनिक प्रयोगका कपडा, डिजाइनर ड्रेसदेखि अन्य फ्याशनेबल सामग्रीहरू उपलब्ध गराइने छ।
उद्घाटनका क्रममा सञ्चालकद्वय भूमिका राना र क्षबी रानाले स्थानीय ग्राहकलाई सहज र किफायती मूल्यमा सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयवासीले नयाँ व्यवसाय सञ्चालनमा आएको स्वागत गर्दै यसले युवाहरूमा उद्यमशीलता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।