आइतवार, बैशाख १३, २०८३

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा ११ जना घाइते

कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। धनगढी उपमहानगरपालिका–१ चकमेली बजारमा सु.प.प्र. ०१–००९ प ९००६ नम्बरको मोटरसाइकलले ७३ वर्षीया महिलालाई ठक्कर दिँदा उनी घाइते भएकी छन्। उनको निसर्ग अस्पताल, धनगढीमा उपचार भइरहेको छ।

त्यसैगरी गोदावरी नगरपालिका–२ तेघरीमा नम्बर नखुलेको स्कुटीले एक पैदलयात्री पुरुषलाई ठक्कर दिँदा उनी घाइते भएका छन्। घाइतेको पद्मा अस्पताल, अत्तरियामा उपचार भइरहेको छ। धनगढी उपमहानगरपालिका–१४ सी गाउँमा सु.प.प्र. ०१–०१२ प ५१४७ नम्बरको स्कुटी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ३८ वर्षका एक पुरुष घाइते भएका छन्। उनलाई उपचारका लागि मेडिकल कलेज, कोहलपुर पठाइएको छ।

धनगढी उपमहानगरपालिका–१ पार्क मोडमा सु।प।प्र। ०१–००९ प १३९६ नम्बरको मोटरसाइकल र सु.प.प्र. ०२–००३ प ५३५४ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा एक पुरुष र एक महिला घाइते भएका छन्। उनीहरूको नवजीवन अस्पतालमा उपचार भइरहेको छ। लम्कीचुहा नगरपालिका–२ मा बा.३ च ३०७० नम्बरको कारले बा.३ प ५३४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षका एक युवक घाइते भएका छन्। उनको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।