सोमवार, बैशाख १४, २०८३

ओली र पोखरेलले गरे एमाले अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । ११औँ महाधिवेशनबाट अध्यक्ष बन्न ओली र पोखरेलले पदाधिकारीसहित प्यानलगत रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

१०औँ महाधिवेशनमा दुवै एउटै टिमबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बनेका थिए । तर, यसपटक अध्यक्ष ओलीलाई चुनौती दिन पोखरेल अगाडि सरेका छन् ।

३०१ सदस्यीय केन्द्रीय कमिटी चुन्न २ हजार २ सय ६३ जना प्रतिनिधिले मतदान गर्दै छन् ।