कैलालीको गौरीगंगा नगरपालिकाको वडा नं. १ र माया मेट्रो अस्पतालको सहकार्यमा आगामी २०८२ पुष ४ गते विशेष निशुल्क स्वास्थ्य शिविर आयोजना हुँदैछ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पशुपति माविको प्राङ्गणमा सञ्चालन हुने यस शिविरमा मृगौला रोग, बाल स्वास्थ्य, जनरल मेडिसिन, सुगर तथा ब्लड प्रेसर जाँच, औषधि सेवा र ईको स्क्यानिङ सुविधा उपलब्ध हुने आयोजकले जानकारी दिएका छन्।
नगरवासीहरूलाई आफ्नै स्वास्थ्यको जाँच गराउने सुनौलो अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष परामर्श पनि उपलब्ध हुनेछ।
स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान र समयमै उपचार गराउन चाहने प्रत्येक नागरिकले यस अवसरको लाभ लिन सक्नेछन्। नगरपालिकाले स्थानीय समुदायलाई स्वास्थ्य सचेतना फैलाउने र उपचारमा सहज पहुँच सुनिश्चित गर्ने प्रमुख उद्देश्य रहेको जनाएको छ।