काठमाडौं: नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन्।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन्। औपचारिक घोषणा हुन बाँकी छ।
यस्तै महासचिवमा शंकर पोख्रेल विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्।