शुक्रबार, बैशाख ११, २०८३

सुदूरपश्चिममै पहिलोपटक निहारिका मोबाइलले स्यामसंग एस–२५ सिरिज १०० प्लस क्लबमा स्थान बनायो, केक काटेर उत्सव

धनगढी:
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक स्यामसंग एस–२५ सिरिज एक सयभन्दा बढी युनिट बिक्री गर्दै ‘१०० प्लस क्लब’ मा पर्न सफल भएको खुशीमा धनगढीस्थित निहारिका मोबाइल सपमा उत्सव मनाइएको छ। निहारिका मोबाइल सपमा स्यामसंग परिवारका सदस्यहरूबीच केक काटेर खुसियाली मनाइएको हो।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम क्षेत्रका सिनियर सेल्स म्यानेजर कर्न रावतले स्यामसंग एस–२५ सिरिजको एक सयभन्दा बढी युनिट बिक्री हुन सफल भएकामा खुशी व्यक्त गरे। सुदूरपश्चिमका ग्राहकहरूले यो सिरिजलाई माया गरेर खरिद गरेकोमा धन्यवाद दिँदै उनले निहारिका मोबाइल सपमार्फत शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधामा मोबाइल उपलब्ध रहेको जानकारी दिए।

आइएमएस ग्रुपका जनरल सेल्स म्यानेजर कैलाश एयरले निहारिका मोबाइलले सुदूरपश्चिममा पहिलोपटक स्यामसंग एस–२५ सिरिज एक सयभन्दा बढी बिक्री गर्न सफल भएको बताए। यसलाई ठूलो उपलब्धिका रूपमा लिँदै सोही उपलब्धिको खुशीमा उत्सव मनाइएको उनले उल्लेख गरे।

निहारिका मोबाइल सपका सञ्चालक सन्तोष मण्डल धानुकले स्यामसंग एस–२५ सिरिज १०० प्लस क्लबमा निहारिका पर्न सफल भएकाले उत्सव मनाइएको बताए। यस क्षेत्रमा निहारिकामार्फत स्यामसंग एस–२५ सिरिजको उल्लेखनीय बिक्री सम्भव हुनु ग्राहकवर्गकै विश्वास र साथका कारण भएको भन्दै उनले सम्पूर्ण ग्राहकलाई धन्यवाद दिए।
सञ्चालक धानुकले निहारिका मोबाइल सपमा शून्य प्रतिशत सर्भिस चार्ज र शून्य प्रतिशत ब्याजदरमा मोबाइल उपलब्ध गराइरहेको जानकारी दिए। ग्राहकको माया र विश्वासकै कारण यो सफलता सम्भव भएको भन्दै उनले आगामी दिनमा पनि निरन्तर साथको अपेक्षा व्यक्त गरे।