शुक्रबार, बैशाख ११, २०८३

प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताको बैठक डाकिन्, निम्तो बाँड्न हिँडेका थिए सञ्चारमन्त्री खरेल

काठमाडौं– अन्तरिम सरकार प्रमुख प्रधानमन्त्री सुशीला कार्कीले तीन दल कांग्रेस, एमाले र नेकपाका शीर्ष नेतासहितको बैठक शनिबारका लागि डाकेकी छन्।

निर्वाचनको वातावरण, सुरक्षाको अवस्थालगायतका विषयमा ब्रिफिङका लागि बैठक डाकिएको हो।

प्रधानमन्त्री कार्कीले बैठकमा डाकेको निम्तो बाँड्न सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल नेताहरुलाई भेट गर्न पुगेका थिए।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैठकबारे जानकारी गराइसकेका छन्। अब नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिनेछन्।