शुक्रबार, बैशाख ११, २०८३

कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ

धनगढीः कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ९ जना फरार प्रतिवादीहरुलाई उनीहरुको घरबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो। पक्राउ परेका ९ जनालाई कैलाली जिल्ला अदालत कैलालीमा उपस्थित गराईएको प्रहरीले जनाएको छ।