शुक्रबार, बैशाख ११, २०८३

धनगढीमा डाेट्याल समाजकाे पुस १५

धनगढीको शुभश्री प्यालेसमा डोट्याल समाजको आयोजनामा पुस १५ पर्व मनाइएको छ । यो पर्व डोटी र सुदूरपश्चिमका समुदायमा सबैभन्दा लामो रातको पर्वको रूपमा मनाइन्छ ।
पर्वको मुख्य आकर्षण ‘बात हाल्ने’ परम्परा हो । अग्रजहरूले रातभरि डोटेली कथाहरू सुनाउँछन् । यस क्रममा विशेष परिकार जस्तै डुब्का, पुरी, बावर र लाउन तयार गरी खाने चलन छ । कथा सुनाउने अग्रजलाई नयाँ लुगा दिई सम्मान गरिन्छ ।
स्थानीय बासिन्दा सुर्य प्रसाद जोशीले भने, ‘धनगढीमा बस्ने डोटीबासीहरू एक जुट हुनुपर्छ । आफ्नै परम्परा र संस्कृतिका बारेमा जानकारी फैलाउन यस्ता कार्यक्रम आवश्यक छन् ।’

कार्यक्रममा देउडा नाच पनि प्रस्तुत गरिएको थियो, जहाँ सहभागीहरूले सामूहिक रूपमा नाच्दै रमाइलो गरे । चेतराज फुलाराले भने, ‘एकै रोटी सबैले खाने र एउटै खेल सबैले खेल्ने देउडा हो ।’

पूर्व सांसद डिल्लीराज पन्तले भने, ‘पुस १५ रात लामो हुने भएकाले परम्पराअनुसार मनाइन्छ । यसले लोप हुँदै गएको संस्कृतिको पुनस्र्थापना गर्न मद्दत पु¥याउँछ ।’

यसरी धनगढीमा डोट्याल समाजले आफ्नै संस्कृति र परम्परालाई जिवन्त राख्दै पुस १५ पर्व मनाएको छ ।