शुक्रबार, बैशाख ११, २०८३

धनगढी–गोकुलेश्वर दिवा सेवा सुरु, ईभी गाडीमार्फत यात्रुलाई सहजता

कैलाली। यात्रुहरूको सुविधा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीदेखि दार्चुलाको गोकुलेश्वरसम्म दिवा सेवा सञ्चालनमा ल्याएको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार धनगढी बसपार्कबाट दैनिक बिहान ६ बजे गोकुलेश्वरतर्फ र गोकुलेश्वरबाट बिहान ७ बजे धनगढीका लागि गाडी छुट्ने व्यवस्था गरिएको छ।
यात्रुहरूको चाप र मागलाई ध्यानमा राख्दै आगामी दिनमा गाडी संख्या थप गरिँदै जाने उनको भनाइ छ। करिब डेढ करोड रुपैयाँको लगानीमा उक्त सेवा सुरु गरिएको हो।