धनगढी । धनगढीमा परमेश्वरको मण्डलीबाट सञ्चालित ‘आजेस वाउ’द्वारा पलास्टिक न्यूनीकरण सरसफाई कार्यक्रम गरिएको छ । सन २०४० सम्म विश्वलाई पलास्टिक मुक्त बनाउने उद्देश्यका साथ आसेज वाउले अभियान सञ्चालन गर्दै आएको छ । सोही उद्देश्यलाई सार्थकता दिन बुधबार धनगढीको बोराडाडी देखि ट्राफिक चौराहा सम्म पलास्टिक संकलन गरी धनगढी उप महानगरपालिकाको सरसफाई शाखालाई बुझाइएको छ ।
अभियानका क्रममा करिव ४० बोरा पलास्टिक संकलन भएको आसेज वाउका सदस्य मिलन गुरुङले बताए । ‘संयुक्त राष्ट्र संघलेनै सन २०४० सम्म विश्वलाईनै पलास्टिक मुक्त बनाउने लक्ष्य राखेको छ,’ गुरुङले भने, ‘सोही उद्देश्यलाई सार्थकता दिन आसेज वाउले पनि आफ्नो अभियान सञ्चालन गरिरहेको छ, जस अन्तरगत बुधबार धनगढी बोराडाँडी क्षेत्र देखि चौराहा सम्मको पलास्टिक संकलन गरी उप महानगरलाई बुझाएका हौं ।’ अभियानमा एक सय जनाभन्दा बढी सदस्य र जनप्रतिनिधिको सहभागिता रहेको गुरुङले बताए ।
त्यस अघि परमेश्वरको मण्डली विश्व सुसमाचार समाज धनगढी मण्डलीमा आयोजित अनौपचारिक कार्यक्रम गरिएको थियो । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज धनगढीका प्रमुख रामकुमारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला राना प्रमुख अतिथी रहेकि थिइन् । उप प्रमुख रानाले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आसेज वाउले गरेका निस्वार्थ भावनाको कदर गरिन् । स्वच्छ र पलास्टिक मुक्त धनगढी निर्माण गर्ने अभियानमा हातेमालो गरेर अघि बढ्ने उनको भनाई छ । कार्यक्रममा लालझाडी गाउँपालिकी उपाध्यक्ष सपना राना, चौधरी विशिष्ट अतिथि रहेकी थिइन् भने, धनगढी उप महानगरपालिका वडा नम्बर– ४ का वडाध्यक्ष बुद्धी बहादुर खड्का, वडा सदस्य माया कुमारी भण्डारी र टोल विकाश समितीका सचिव वामदेव जोसी अतिथि रहेका थिए ।
‘आसेज वाउ’ परमेश्वरको मण्डली युवा स्वयंसेवक समुह हो । जसको अर्थ ‘सेभ द अर्थ फ्रम ए टू जेड, वी आर वन फेमली’ भन्ने रहेको छ । संगठनले विश्वका विभिन्न एक सय ५० वटा देशमा पर्यावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाले परोपकारी काम गरे वाफत कदर स्वरूप अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसापत्र, ग्रीन वल्र्ड अवार्ड, ग्रीन एप्पल अवार्ड जस्ता ५ सय ७० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरेको छ ।