शुक्रबार, बैशाख ११, २०८३

धनगढीमा खैरोहिरोइनसहित युवक पक्राउ

धनगढी – धनगढी उपमहानगरपालिका–३ चौराहबाट सोही ठाउँका २७ वर्षीय किसनलाल गुप्ता लागूऔषध खैरोहिरोइनसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम १३० मिलिग्राम खैरोहिरोइनसहित नियन्त्रणमा लिएको हो।

सोमवार पक्राउ परेका गुप्तासहित सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी कडा बनाएको प्रहरीले स्पष्ट पारेको छ।