धनगढीः कैलालीबाट कर्तव्य ज्यान र वन मुद्दामा फरार २ जना पक्राउ परेका छन्।
जिल्ला अदालत बझाङको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका बझाङको सुर्मा गाउँपालिका–२ बस्ने ५४ वर्षीय रंगलाल बोहरा पक्राउ परेका हुन्। बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय बझाङ र इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीबाट पक्राउ गरेको जनाएको छ।