बिहिबार, बैशाख १०, २०८३

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

 

कञ्चनपुर – कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तथा जरिवाना ठहर गरेका २ जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वन पैदावार मुद्दामा ६ महिना कैद सजाय र १ लाख ८ हजार ६९५ रुपैयाँ जरिवाना तोकिएका बेलौरी नगरपालिका – ६ ढक्का चादरका ५६ वर्षीय वीर बहादुर चौधरी र गर्भपतन मुद्दामा ११ महिना १६ दिन कैद सजाय तोकिएकी भीमदत्त नगरपालिका – १० की ६० वर्षीय पार्वती देवी नाथ रहेका छन् ।