धनगढी – भारत–नेपाल सीमामा अवैध मादक पदार्थ तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सञ्चालन भइरहेको कवच योजना अन्तर्गत उत्तर प्रदेशको खीरी जिल्लास्थित गौरीफन्टा नाकाबाट धनगढीका एक युवक पक्राउ परेका छन् । भारतीय प्रहरीले बुधवार लागुऔषध खैरो हिरोइनसहित धनगढी–२ सन्तोषी टोलका बेबी चौधरीलाई प्रकाउ गरेको हो ।
गौरीफन्टा थाना प्रहरी र एसएसबी टोलीले संयुक्त रूपमा चेकिङ गर्ने क्रममा चौधरी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । चेकिङका क्रममा अभियुक्तको साथबाट ६.४६ ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।
अभियुक्त बेबी चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको भारतीय प्रहरीको भनाइ छ ।