काठमाडौं– विशेष महाधिवेशनको तयारीसँगै आन्तरिक विवादमा रुमल्लिएको नेपाली कांग्रेसको संस्थापन पक्षको धारणा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार सुनाउने भएका छन्।
त्यसका लागि पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलनको आह्वान भएको छ।
पुस २७ र २८ का निम्ति विशेष महाधिवेशन आह्वान भएपछि विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौं आउनेक्रम जारी रहेका बेला संस्थापनको धारणा सार्वजनिक हुन लागेको हो।
विशेष महाधिवेशन रोक्नका लागि शेरबहादुर देउवालगायतका नेता जोडतोडले लागेका छन्। मध्यमार्गी समाधान निकाल्नका लागि शेखर कोइरालाको दौड जारी छ।
यता संस्थापन पक्षका २५ केन्द्रीय सदस्यको अलग बैठक पनि शुक्रबार नै राखेर विशेष महाधिवेशन रोक्ने प्रयत्न गरिएको छ।