कञ्चनपुरः जवरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका २ युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जवरजस्ती करणी मुद्दामा २ वर्ष २२ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ३२ वर्षीय सुरेश चौधरी र २३ वर्षीय रमेश चौधरी रहेका छन्। जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।