बिहिबार, बैशाख १०, २०८३

डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

डोटी – डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शुक्रवार शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८१२८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षकी तारा देवी बलायरको मृत्यु भएको हो।
बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको डडेल्धुरा अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालिका–२ खुल्लेक बस्ने २६ वर्षीय मोहन बोगटी र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३६ वर्षीय राम बोगटीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।