बुधबार, बैशाख १६, २०८३

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’

धनगढी– सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र धनगढीमा टाटा मोटर्सले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ आयोजना गर्ने भएको छ । धनगढीको बोराडाडीस्थित गार्स ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका अत्याधुनिक ईभी मोडलहरू प्रदर्शन तथा टेष्ट ड्राइभका लागि राखिने भएका छन् ।
उत्सवमा टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी जस्ता लोकप्रिय मोडलहरू समावेश छन् । पुरानो मोटरसाइकलदेखि कारसम्म साटेर नयाँ टाटा गाडी लिन सकिने सुविधा दिइएको छ । माघी पर्वको अवसरमा आयोजना गरिएको यस उत्सवलाई ग्राहकका लागि सुनौलो मौका मानिएको छ ।
सिप्रदी टाटा मोटर्स, सहायक प्रबन्धक कपिलदेव बोगटी भन्छन– ‘माघी एक्सचेन्ज उत्सवमा ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ जडान, वार्षिक सवारी कर र एक्सेसरिज पाउनु हुनेछ । जुनसुकै गाडी साट्न सकिने व्यवस्था गरेका छौं ।’

उत्सवमा सहभागी ग्राहकले हरेक बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्ने आयोजकले जनाएको छ । विद्युतीय सवारीको प्रयोगले इन्धन खर्च घटाउनुका साथै वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
के.बी. मोटर्स सञ्चालक विक्रम ऐर भन्छन– ‘हामीले यो अभियान विशेषगरी धनगढी र आसपासका ग्राहकलाई लक्षित गरेर ल्याएका हौं । यहाँका मानिसहरूलाई आधुनिक, किफायती र वातावरणमैत्री सवारी उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’

ग्राहकहरूको चासो पनि उल्लेख्य देखिने आयोजकले अपेक्षा लिएको छ । धेरैले पहिलो पटक विद्युतीय गाडी नजिकबाट अवलोकन गर्ने र टेष्ट ड्राइभ गर्ने अवसर पाउने उनीहरुको प्रतिक्रिया रहेको छ ।
माघ ३ गतेसम्म सञ्चालन हुने यस ‘माघी एक्सचेन्ज उत्सव’ले सुदूरपश्चिममा विद्युतीय सवारीप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ । इच्छुक ग्राहकले धनगढीस्थित गार्स ट्रेडिङमा पुगेर टेष्ट ड्राइभ र बुकिङ गर्न सक्ने आयोजकले जनाएको छ ।