बिहिबार, बैशाख १०, २०८३

चर्चित उद्वघोषक प्रेम बोगटी चौथो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट अवार्ड २०८२ सर्वोत्कृष्ट उद्घोषक बिधामा अवार्डेड !

 

चौथ सुप इन्टरटेनमेन्ट हाउस प्रा.लि. तथा बाडुल्की मिडिया हाउस प्रा.लि.को संयुक्त आयोजनामा चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। अवार्ड समारोहमा संगीत र कलासँगै साहित्य, स्वास्थ्य, पर्यटन, समाजसेवा तथा पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टा र व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
प्रेम बोगटीलाइ सर्वोत्कृष्ट उद्घोषक २०८२ को अवार्ड प्राप्त गरियको हो ।बोगटी नेपालमा सञ्चालन हुने विभिन्न मेला महोत्सवहरूमा व्यस्त उद्घोषकका रुपमा परिचित छन्।
प्रेम बोगटी सुर्ती मधुर आवाजका धनी हुन ! उनले रेडियो हुँदै टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा हुँदै स्टेज प्रोग्रामसम्मको यात्रा तय गरेका थिय ! उनी कार्यक्रम सञ्चालक मात्र नभई उनी गायक पनि हुन्। उनले आफ्नै आवाजमा “टोपी ढाकैको” ,जोगि बनायो ,लगायतका थुप्रै लोक गीतहरु पनि बजारमा ल्याएका छन्। प्रेम बोगटीको सुमधुर आवाज सुन्ने आवाजका पारखी मनहरू दिनानुदिन बढ्दै गइरहेका छन्।