बुधबार, बैशाख ९, २०८३

बालेनले जिते धनगढीमा चाउमिन फ्री

धनगढी – धनगढी–१३, एयरपोर्ट रोडमा रहेको होटल श्रेयाले प्रतिनिधि सभा निर्वाचनमा बालेन शाह विजयी भएमा एक दिन सबै ग्राहकलाई निःशुल्क चाउमिन खुवाउने घोषणा गरेको छ।

होटल व्यवस्थापनका अनुसार बालेन शाहको जितको खुसीमा सामाजिक सद्भाव र उत्साह बाँड्नका लागि यस्तो योजना सार्वजनिक गरिएको हो। बालेन शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएमा, जितको भोलिपल्ट होटल श्रेयामा आउने ग्राहकलाई एक दिनसम्म चाउमिन निःशुल्क प्रदान गरिनेछ।

स्थानीय स्तरमा गरिएको यो घोषणाले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ।