धनगढी– इलेक्ट्रोनिक्स डिलर्स एशोसियसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध चयन भएका छन् । द नेचर हाउसमा भएको संघको १४औँ वार्षिक साधारण सभाले पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा यज्ञराज ओझा, उपाध्यक्षमा धर्मानन्द पाण्डेय, महासचिवमा हेमराज पन्त, सचिवमा अम्बिका भण्डारी तथा कोषाध्यक्षमा शिवराज उपाध्याय चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा अंकित भण्डारी, तेजराज पडाल, बलराम धमाला, मसुरलाल चौधरी र हर्कबहादुर ठगुन्ना चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुबरले गरेका थिए । उद्घाटन कार्यक्रम आधुनिक प्रविधिको प्रयोग गर्दै एआई प्रविधिमा आधारित मोबाइल एपमार्फत दियो बालेर सम्पन्न गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, चेम्बरका प्रदेश अध्यक्ष विनोद मल्ललगायत विभिन्न उद्योग तथा वाणिज्य संघका अध्यक्षहरूको उपस्थिति रहेको थियो । साथै, विभिन्न ३० वटा वस्तुगत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव यज्ञराज ओझाले गरेका थिए ।
