मङ्लबार, बैशाख ८, २०८३

दुर्घटना बढ्न थालेपछि कैलालीको धनगढी–फूलबारी हुलाकी सडक खण्डमा ट्राफिक प्रहरीको कडा निगरानी

कैलाली । पछिल्लो समय दुर्घटना बढ्दै गएपछि कैलालीको धनगढी–फूलबारी हुलाकी सडक खण्डमा ट्राफिक प्रहरीले कडा निगरानी सुरु गरेको छ। विशेषगरी तीव्र गतिको सवारी सञ्चालन, ओभरटेक, मापदण्ड विपरीत सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी सक्रिय बनेको हो।
ट्राफिक प्रहरीका अनुसार उक्त सडक खण्डमा नियमित चेकजाँच, सवारीको गति नियन्त्रण, हेल्मेट र सिटबेल्ट प्रयोगको अनुगमन तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरूविरुद्ध कडाइ गरिएको छ। नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही समेत भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले पनि सडक सुरक्षाका लागि ट्राफिक प्रहरीको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न, सुरक्षित गति अपनाउन र दुर्घटना न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ।