धनगढी/ सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बन्सीराज दाहाल सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरूमा निर्वाचन लक्षित सुरक्षा अनुगमनका लागि धनगढी आइपुग्नुभएको छ।
अनुगमनका क्रममा एआइजी दाहालले प्रदेशका विभिन्न जिल्लामा सशस्त्र प्रहरीको तयारी, सुरक्षा व्यवस्था तथा समन्वयको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ। यसैक्रममा उहाँ आजै डोटी पुग्ने कार्यक्रम तय भएको सशस्त्र प्रहरी बलले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले सशस्त्र प्रहरी बलले प्रदेशभर सुरक्षा सतर्कता बढाएको छ।