आइतवार, बैशाख ६, २०८३

कैलालीमा अवैध उत्खनन गर्ने जेसीबी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गौरिगंगा नगरपालिकास्थित खोलाहरूमा अवैध रूपमा उत्खनन गर्ने जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले गौरिगंगा स्थित शिवगंगा खोलामा अवैध रूपमा नदीजन्य वस्तु उत्खनन गरिरहेका २ वटा जेसीबी नियन्त्रणमा लिएको हो ।

ती जेसीबीलाई आवश्यक कारबाहीका लागि गौरिगंगा नगरपालिका कार्यालयलाई बुझाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए ।

प्रहरीका अनुसार सो क्षेत्रमा इजाजत बिना आईई नभएको क्षेत्रमा अवैध मेसिन हालेर उत्खनन गरिरहेको अवस्थामा गाडी समातिएको हो ।

सो पालिकामा यस अगाडि पनि अवैध उत्खनन हुने गरेकोमा केही समय पहिले मालाखेती प्रहरीले पनि २ वटा टिप्पर र एक जेसीबी समातेकोमा कारबाही गरेर छाडिएको थियो ।