धनगढी – कैलालीमा लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार टीकापुर नगरपालिका–९ खक्रौलाबाट ६१० मिलिग्राम खैरो हेरोइन सहित लम्कीचुहा नगरपालिका–३ बलचौर बस्ने २० वर्षीय राहुल बादी र २१ वर्षीय नृप बादी पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ८६० ट्याब्लेट ट्रामिनो नामक नियन्त्रित लागूऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकका २७ वर्षीय धनी बादी पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।