आइतवार, बैशाख ६, २०८३

“Tour Product Development & Digital Capacity Building” टुर प्रोडक्ट डेभलपमेन्ट एन्ड डिजिटल क्यापासिटी बिल्डिङ तालिम सम्पन्न

“Tour Product Development & Digital Capacity Building” टुर प्रोडक्ट डेभलपमेन्ट एन्ड डिजिटल क्यापासिटी बिल्डिङ तालिम सम्पन्न

धनगढी । नाटा सुदूरपश्चिम प्रदेश संघको आयोजनामा सञ्चालन भएको चार दिने “Tour Product Development & Digital Capacity Building” तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिम नेपाल पर्यटन बोर्डको दीगो पर्यटन परियोजना (STP) को आर्थिक सहयोग तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रको समन्वय तथा साझेदारीमा सञ्चालन गरिएको हो।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पर्यटन क्षेत्रमा आबद्ध सरोकारवालाहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न तालिममा कैलाली, कञ्चनपुर लगायतका स्थानबाट टुर एन्ड ट्राभल एजेन्सीका कर्मचारी तथा संस्थापक, होटल व्यवसायी तथा कर्मचारी, होमस्टे (Homestay) का प्रतिनिधि, पर्यटन पत्रकार, नेपाल माउन्टेनियरिङ एसोसिएसन (NMA) लगायत विभिन्न पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

समापन सत्र नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव श्री दीर्घनारायण कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी युएनडिपी सुदूरपश्चिम प्रदेश प्रमुख बैजन्ती गिरी सिंह, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डे, नाटा सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष, नाटा केन्द्रका कार्यकारी सदस्य तथा तालिम संयोजक श्रद्धा जोशी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा २८ जना प्रशिक्षणार्थीहरूले तालिम अवधिमा सिकेका विषयवस्तुबारे प्रस्तुति दिएका थिए। उनीहरूले डिजिटल मार्केटिङ, अनलाइन प्लेटफर्मको प्रभावकारी प्रयोग, टुर प्याकेज निर्माण, स्थानीय पर्यटन प्रोडक्टको विकास, ब्रान्डिङ तथा प्रवर्द्धन रणनीतिबारे आफूले हासिल गरेको ज्ञान र अनुभव साझा गरेका थिए।

आयोजकका अनुसार तालिमले सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रलाई डिजिटल रूपमा सशक्त बनाउँदै स्थानीय टुर प्रोडक्टको पहिचान, विकास तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले पर्यटन व्यवसायीहरूलाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै प्रदेशको समग्र पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।