कैलाली जिल्लामा निर्वाचन केन्द्रित गतिविधि व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने उद्देश्यले कार्यालय प्रमुख र कर्मचारीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न निर्देशन जारी गरेको छ । आयोगले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार आचरण पालन गर्न अनुरोध गरेको छ ।
कतिपय सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरू बिना जानकारी अनुपस्थित रहने गरेको गुनासो प्राप्त भएको छ । यसले निर्वाचनसँग सम्बन्धित कार्यहरू व्यवस्थित, अनुशासित र प्रभावकारी रूपमा सञ्चालन गर्न बाधा पुर्याइरहेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ अनुसार सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले आचारसंहिताअनुसार अनुशासित व्यवहार गर्नु आवश्यक छ । कर्मचारीहरूलाई कार्यालयमा उपस्थित रहनु र निर्वाचनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउनु पर्ने छ ।