आइतवार, बैशाख ६, २०८३

‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथुन प्रतियोगिताको उपाधी पाललाई

अत्तरिया– कैलालीको अत्तरियामा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथुन प्रतियोगिताको उपाधी अक्कल बहादुर पालले हात पारेका छन । बिहिबार दुर्गालक्ष्मी नमुना माविमा गठन गरिएको दुर्गालक्ष्मी पूर्व विद्यार्थी मञ्चको आयोजनामा आयोजित प्रतियोगितामा पालले प्रथम स्थान हासिल गर्न सफल भएका हुन ।

दुर्गालक्ष्मी नमुना मावि अगाडी देखी सुरु भएको दौड प्रतियोगिता गोदावरी पुलमा सम्पन्न भएको थियो । जम्मा साढे ८ किलोमिटरको दौड प्रतियोगिता पालले २९ मिनेट ४५ सेकेन्डमा पुरा गरेका थिए । प्रतियोगितामा द्धितिय भएका सुनिल सुनारले ३३ मिनेटमा दौड पुरा गरेका थिए भने तृतिय भएका प्रदिप खत्रीले ३७ मिनेटमा दौडको अन्तिम बिन्दु पार गरेका थिए ।

उपाधी जितेसँगै पन्तले नगद २५ हजार ५५५ रुपैया पुरस्कार प्राप्त गरे भने द्धितिय हुन सफल सुनारले नगद १५ हजार ५५५ रुपैया पुरस्कार पाए । त्यसैगरी तृतिय स्थान हासिल गरेका खत्रीले नगद ५ हजार ५५५ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट महिला सहभागि सृजना पाण्डेयले पनि पुरस्कार प्राप्त गरिन । प्रयोगितामा सहभागि पुरुष धावकहरुसँगै दौडिएकी उनलाई आयोजकले नगद ५ हजार ५५५ रुपैया प्रदान गरेको थियो । उनि पनि अन्य धावकहरुसँगै दौडको अन्तिम बिन्दुमा पुगेकी थिईन । महिला सहभागिहरु १४ जना अन्तिम बिन्दुमा पुगेपनि अन्य महिलाहरुमा सबै भन्दा पहिला पुगेकाले पाण्डेलाई पुरस्कार दिईएको प्रतियोगिता संयोजक प्रेम भट्टले जानकारी दिए ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको थियो । जसमा दुर्गालक्ष्मी नमुना माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सहभागि थिए । विद्यालयका पूर्व विद्यार्थीहरुलाई एक अर्कासँग जोड्नका लागि नै प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टले जानकारी दिए । उनले प्रतियोगिताले अन्तरराष्ट्रियस्तरसम्म रहेका विद्यार्थीहरुलाई एकताको सुत्रमा बाध्ने काम गरिरहेको बताए ।