धनगढी- विसं २०८२ को वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख, उपसमाचारदाता सिद्धराज भट्टलाई प्रदान गरिएकाे छ ।
६५ औँ राससकाे वार्षिकाेत्सवकाे अवसरमा भट्ट सहित कोशी प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कार्यालय सहयोगी गौरीका रञ्जितलाई प्रदान गरिएको हाे ।
रासस कर्मचारी सङ्घले प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उनीहरू दुवैलाई संयुक्त रूपमा प्रदान गरिएको हो ।
भट्ट विसं २०५२ वैशाख र कारञ्जित विसं २०७१ जेठ महिनादेखि राससमा कार्यरत छन । पुरस्कारको राशि जनही रु सात हजार ७७७ र सम्मानपत्र प्रदान गरिएकाे छ ।