आइतवार, बैशाख ६, २०८३

धनगढी–१३ मा होलीका बेला झडप : असई डबलबहादुर साउद टाउकोमा गम्भीर घाइते, १२ जना नियन्त्रणमा

धनगढी–१३ मा होलीका बेला झडप : असई डबलबहादुर साउद टाउकोमा गम्भीर घाइते, १२ जना नियन्त्रणमा
धनगढी — धनगढी उपमहानगरपालिका–१३ मा होली खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा धेरैजना घाइते भएका छन्। झडप नियन्त्रण गर्न पुगेका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी सहायक निरीक्षक (असई) डबलबहादुर साउद गम्भीर घाइते भएका छन्।
नरेन्द्र चन्द (जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी) का अनुसार घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको छ। झडप नियन्त्रण गर्ने क्रममा असई साउदको टाउकोमा चोट लागेर आठ टाँका लगाइएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले झडप नियन्त्रणका क्रममा ७ राउण्ड पेलेड (प्याडुलम) फायर गरेको जनाएको छ। सोही क्रममा एसपी चन्द चढेको गाडीमा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ।
त्यस्तै, वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक बलराम पाण्डे पनि सामान्य घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनी पुनः घटनास्थलमै सुरक्षा व्यवस्थापनमा खटिएको प्रहरीले जनाएको छ।
एसपी चन्दका अनुसार घटनालाई गम्भीर रूपमा लिइएको छ र क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ। प्रहरीले झडपमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत अघि बढाएको जनाएको छ।