शुक्रबार, बैशाख ४, २०८३

डा. आनन्द चन्दका ‘Rat टिम’ सदस्य सुरज शिवाकोटी अस्वस्थ, दिनरात चुनावी अभियानमा खटिँदा टन्सिल र ज्वरो

डा. आनन्द चन्दका ‘Rat टिम’ सदस्य सुरज शिवाकोटी अस्वस्थ, दिनरात चुनावी अभियानमा खटिँदा टन्सिल र ज्वरो

धनगढी — आसन्न निर्वाचन २०८२ अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचनको माहोलमा उम्मेदवारसँगै उनीहरूका कार्यकर्ताहरूले पनि दिनरात नभनी मेहनत गरेका थिए।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. आनन्द चन्दको चुनावी अभियानमा सक्रिय रूपमा खटिएको Rat टिम का सदस्य सुरज शिवाकोटी अस्वस्थ भएका छन्।
पारिवारिक स्रोतका अनुसार शिवाकोटी हाल धनगढीस्थित आफ्नै निवासमा बेड रेस्टमा रहेका छन्। चुनावी अभियानका क्रममा लगातारको दौडधूप र व्यस्तताका कारण उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। अहिले उनलाई टन्सिल र ज्वरोको समस्या देखिएको छ।
चुनावी अभियानको समयमा उनी डा. चन्दको टोलीसँगै गाउँगाउँमा पुगेर मतदातासँग भेटघाट, प्रचारप्रसार तथा कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएका थिए। निरन्तरको खटाइका कारण स्वास्थ्यमा असर परेपछि चिकित्सकको सल्लाह अनुसार उनी अहिले पूर्ण आराममा रहेको पारिवारिक स्रोतले जनाएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई प्रभावकारी बनाउन Rat टिम का सदस्यहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। अहिले मतदान सम्पन्न भइसकेपछि अभियानमा खटिएका धेरै कार्यकर्ताहरू थकानका कारण आराम गरिरहेका छन्।